काठमाडौं । विभिन्न साना राजनीति दलहरूले राष्ट्रघाती अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आज पनि प्रदर्शनमा उत्रिएक छन् । प्रमुख दलले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेपछि साना दलहरूले विरोधका कार्यक्रमलाई चर्काएका हुन् । उनीहरूले विरोध कार्यक्रम माइतीघर देखी कोटेश्वरसम्म राखेका छन्।
सत्तारुढ दलले नै पनि एमसीसीविरुद्ध प्रदर्शनको आयोजना गरेका छन् । प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनलाई घेर्ने तयारी गरेका छन् ।
नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी विरोधमा उत्रिएका छन् । यसैगरी नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायतका राजनीतिक दल तथा अभियानहरू विरोधमा छन् ।


















