उदयपुर । चौदण्डीगढी नगरपालिका-१ चारघरेबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ४० किलो ४ सय ४० ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बा.१४ च २२५५ नम्बरको बोलेरो पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले बोलेरो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















