धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, थप मर्मतसम्भारका लागि गाडी चलाउन रोक लगाइएको हो।
यसअघि गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा सडक भासिएपछि सामान्य मर्मत गरेर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो।


















