भुटानी शरणार्थी प्रकरणको आरोपमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी

85

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

थापा पूर्वगृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन्। तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। प्रतीकले यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजितका छोरा निरज राई भने फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथि कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here