क. जीवन्तलाई अदालतमा उपस्थित गराउन फेरि अर्को आदेश

113

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।

सोमवार बन्दी प्रत्यक्षीकरणको रिटमाथि भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

काठमार्डौ जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै गत वैशाख ३० गते पुनः पक्राउ गरी सुनसरीको धरान पु¥याइएका जीवन्तलाई गैरन्यायीक रुपमा गिरफ्तार गरी बन्दी बनाईएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो ।

उक्त रिटमाथि सोमवार न्यायधिसद्धय मिरा खड्का र टंक बहादुर मोक्तानको संयुक्त ईजलासले जीवन्तराई गिरफ्तार गर्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशमा गत बैशाख ३० गते साधारण तारेखमा रिहा भएका नेता कार्कीलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गर्रीएको थियो । उनलाई हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको चौथो दिन अर्थात चैत १ गते उनलाई ललितपुरको च्यासलस्थित कोठाबाटै गिरफ्तार गरेको थियो । महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राखी राजद्रोह र संगठित अपराधको मुद्दा लगाईएको थियो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको थियो ।

त्यसलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार गरी प्रहरीले संखुवासभा लगि ‘मुलुकी फौजदारी कार्यविधि (संहिता), २०७४ को परिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलायो ।

त्यसपछि पनि अदालतकै आदेशमा रिहा भएका नेता जीवन्तलाई प्रहरी गिरफ्तार गरी संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाइ मुद्दा चलायो ।

त्यसमा काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाइ आदेश दिएको थियो ।
तर उनलाइ अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पु¥याइएको हो । हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएका नेता कार्कीमाथिसाविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here