करणी गरेको अभियोगमा पक्राउ

85

काठमाडौं – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई नागर्जुन नगरपालिका-१० खड्का गाउँस्थित आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि ललाई फकाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ललितपुर सातदोबाटोबाट उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुङगा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-६ बस्ने २३ वर्षीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । २०७६ फागुन २२ गते राति पुजनले ती महिलालाई डर घम्की देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

गुल्मी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-४ अर्खाबाङ बस्ने यम भन्ने ३५ वर्षीय झैनसिंह घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असार १८ गते मगरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

पाँचथर, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिका-४ ढाँड गाउँ बस्ने २४ वर्षीय दिपक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई घरमा एक्लै भएको अवस्थामा कोठामा प्रवेश गरी जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दशमी र ईलाका प्रहरी कार्यालय रबिबाट संयुक्त रुपमा खटिएको प्रहरीले मिक्लाजुङ गाउँपालिका-४ रबि बजारबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here