बैंकमा उमेर हद ! बैंक सञ्चालक र सीईओ हुन उमेर हद तोकियो

214

काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रहने अध्यक्ष र (सीईओ)प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको हो ।

यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउने व्यवस्था रहेको थियो भने  राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कायृकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन ।

यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ ।

७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सार्वजनिक फोरमहरुमा नै सञ्चालक र सीईओको उमेरहद तोक्ने जनाउदै आएका राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले  सो व्यवस्था लागू गरे  एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले अध्यक्ष पद त्याग्नुपर्ने देखिएको छ भने प्राइम कमर्सियल बैंकका सीईओ नारायणदास मानन्धरलाई समस्या परेको छ । ही दिन अघिमात्रै प्राइमका सीईओ मानन्धर  सीईओमा पुनःनियुक्त भएका थिए । दुबै जना राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार उमेरका कारण सो पदमा रहन योग्न हुने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here