अशोकवृक्षमा कम्प्लेक्सको तयारीः विहार जोगाउन आन्दोलन

59

काठमाडौं– असनको अशोकवृक्ष विहार जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायत आन्दोलनमा उत्रिएका छन् ।

गुठी संस्थानले विहार भत्काएर कम्प्लेक्स बनाउन लागेपछि उनीहरु चरणबद्ध आन्दोलनमा लागेका हुन् । ५०० वर्ष पूरानो विहार नमास्न माग गर्दै दुई महिनादेखि हस्ताक्षर अभियान समेत सञ्चालन भइरहेको छ ।

यसलाई जोगाउन जनमत तयार गर्न भक्तपुर तथा टोखालगायतका स्थानमा समेत हस्तारक्षर अभियान सञ्चालन विहारका सञ्जीव बज्राचार्यले जानकारी दिए । पुस्तौंदेखि १४ परिवारले रेखदेख, भोगचलन र संरक्षण गर्दै आएको सम्पदा हो यो ।

शुक्रबार विहानदेखि असनमा हस्ताक्षर अभियान गरेका थिए । ‘संकलित हस्तारक्षरसहितको ज्ञापनपत्र गुठीलाई बुझाउँछौं,’ बज्राचार्य भन्दछन् । कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here