काठमाडौं / गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि विरुद्ध सुरक्षा ‘अलर्ट’ जारी गरिएको छ । देशभर गृह मन्त्रालयको निर्देश्नमा उच्च सुरक्षा सतर्कता जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले विप्लव नेतृत्वको नेकपाबाट विस्फोट, आगजनी र चन्दा आतंकलगायतका गतिविधि बढाएको भन्दै देशभरमा प्रहरी कार्यालयलाई कानुनी शासनको पालनाका लागि कठोरतापूर्वक प्रस्तुत हुन निर्देशन दिएको थाहा भएको छ।
आन्तरिक रुपमा सैन्य संरचना निर्माणमा जुटेको विप्लव नेकपा आन्तरिक सुरक्षामा ठूलो चुनौती बन्दै गएको सुरक्षा विश्लेषण रहेको छ ।
विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले शनिबार एक विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म आर्थिक संकलन अभियान सुरु गरेको जनाएका छन् ।
यो पनि पढनुहोस् :
http://swaviman.com/news/2019/08/04/46479.phtml


















