झापा / कन्काई नगरपालिका- ५ चप्रामारी बस्ने सोमनाथ अधिकारीको टिनको छानो भएको घरमा सोमबार बिहान बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















