काठमाडौं / संखुवासभा, धर्मदेवी नगरपालिका-३ मुढेबजारस्थित कोशी राजमार्गमा ना.४ ख २९०० नम्बरको ट्रकले सोमबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने धनराम अधिकारीको ४ वर्षीय छोरा आदित्य अधिकारीको घट्नास्थलमै मृत्यु भएको
छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-१३ मोहनपुरस्थित राजमार्गमा से.१ च ८२३ नम्बरको जिपले ना.३ स ५५६६ नम्बरको अटोरिक्सालाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका ५६ वर्षीय चनकलाल डगौराको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















