काठमाडौं – चीनमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बन्द गरिएका चीनतर्फ नाका सञ्चालनमा आएका छन् ।
चीनतर्फका तातोपानी भन्सार नाका र रसुवा भन्सार नाका बुधबार साँझदेखि सञ्चालनमा आएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।
तातोपानी नाका खुलेकै दिनदेखि स्वास्थ्य सामग्री पनि भित्रिएका छन् । तातोपानी नाका गत माघ १३ देखि बन्द थियो । अब यी नाकाबाट सामान आउन सक्नेछन् ।
पहिलो प्राथमिकतामा स्वास्थ्य सामग्री रहने दाहालले जनाए । अत्यावश्यक सामग्री ल्याउन लागि मात्रै यी नाका खोलिएको जनाइएकाे छ ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको हो ।


















