कोभिड-१९ देखिए पछि तीनै तहका सरकार काेराेना संक्रमण रोकथाममा

135
काठमाडौं – कोरोना भाइरस(कोभिड-१९)को प्रभाव नेपालमा पनि देखिएसँगै तीनै तहका सरकार संक्रमण रोकथाम गर्न लागि परेका छन् ।
 स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा रोकथामका विभिन्न प्रयासहरू गरिरहेका छन् । उनीहरूले स्थानीय तहको सहजीकरणको लागि प्रदेशगतरुपमा तोकिएका फोकल पर्सनमार्फत आफूले गरेका गतिविधिहरू सङ्घीय सरकारलाई जानकारी गराउँदै सङ्घीय सरकारको मार्गनिर्देशअनुशार नै कामहरू गरिरहेका छन् ।
यति बेला विदेशबाट फर्किएका नेपालीहरूले परिवार तथा समाजमा रोग ल्याउँछन् भन्ने सबैभन्दा ठुलो चिन्ता छ । अझै पनि सयौँ नेपालीहरू नेपाल–भारत सीमा क्षेत्रमा अड्किएका छन् । र, विभिन्न बाटो हुँदै गाउँ पुग्नेहरूको सङ्ख्या पनि कम छैन । यी सबै नागरिकहरूको निगरानी सङ्घीय सरकारबाट मात्रै पनि सम्भव छैन । यस्तो अवस्थामा स्थानीय तहका पदाधिकारीहरू नै घरघरमा पुगेर जानकारी लिने तथा उनीहरूलाई घरमै वा छुट्टै क्वारेन्टिनमा बस्न भनिरहेका छन् ।
यो अति महत्त्वपूर्ण समयमा विदेशबाट आएकाहरूको रेकर्ड राखेर क्वारेन्टिनमा बस्नका लागि स्थानीय तहका पदाधिकारीहरूको प्रयास सराहनीय छ, प्रवक्ता अधिकारी भन्छन् ‘कतिपय ठाउँमा व्यवस्थित क्वारेन्टिन छन्, कहीँ कतै सेल्फ क्वारेन्टिनमा राखेका छन् त कतिपय ठाउँमा एकान्तमा जे जस्तो अवस्थामा भए पनि छुट्टै बस्ने व्यवस्था मिलाएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here