काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले कृषि भुमी राज्यको मातहतमा ल्याउन आवश्यक रहेको जनाउँदै चलन चल्तीको मूल्य दिएर कृषि भुमी राष्ट्रियकरण गर्न सरकार समक्ष माग गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रम जीवराज आश्रित दिवसको अवसरमा नेता गौतमले भने समाजवादको गन्तव्यमा पुग्न हाम्रो देशको सबैभन्दा ठुलो उत्पादनको मुख्य ठाँउ कृषि हो त्यहाँ हाम्रा दुई करोड श्रमजीवी छन्।
जग्गा जमिन नभएका कृषकहरुको जमिन छैन उनलाई काम गर्ने ठाँउ चाहिएको छ। त्यो कृषि उत्पादनको भुमी राज्यको मातहतमा नल्याउदासम्म समाजवाद समाजवाद भने पनि केहि हुनेवाला छैन त्यसैले त्यो सबैभन्दा पहिला राज्य वा समाजको मातहातमा ल्याउनुपर्छ।
जनताको रगत पसिनाको जमिन हो त्यो राज्यको बनाउ समाजको बनाउ त्यो समुहलाई उत्पादनको लागी देउ त्यसपछि हामी समृद्धिको यात्रा सुरु हुन्छ त्यसैले कृषि क्षेत्रलाई सक्रिय बनाउ उनले भने।


















