छिमेकीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

212

अर्घाखाँची / सितगंगा नगरपालिका-१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तिजको नाच हेर्ने क्रममा विवाद हुँदा ऋषिराम र सोही ठाउँ बस्ने २८ वर्षीय हुम बहादुर राजकोटीले यादवलाई रडले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले ऋषिरामलाई पक्राउ गरेको हो । कुटपिटमा संलग्न अन्य व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

घाइते यादवलाई प्राथमिक स्वास्थ्य चौकी ठाडामा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here