एजेन्सी / उत्तर कोरिया भ्रमण गरिसकेका यात्रुका लागि अमेरिकाले विना अनुमति प्रवेशमा कडाइ गरेको छ । २०११ यता उत्तर कोरिया जाने मानिस यदी अमेरिकामा भएको खण्डमा उसले अब पर्यटक वा बिजनेस भिसाको लागि आवेदन दिनुपर्ने छ । पछिल्लो ८ वर्षमा उत्तर कोरिया जाने यात्रुका लागि अमेरिकाले सहज अनुमतिमा कडाइ गरेको हो ।
२०११ यता उत्तर कोरिया, लिबिया, सिरिया सहित ८ देश भ्रमण गर्नेहरुले फेरि अमेरिकामै रहनको लागि टुरिस्ट वा बिजनेश भिसाको आवेदन दिनुपर्ने भएको हो । अमेरिकी अध्यागमनको यस्तो नियमले अमेरिकी भिसा लिएर पनि उत्तर कोरिया जाने विदेशी नागरिकलाई असर पार्ने छ । अमेरिकी नागरिककै लागि भने २०१७ देखि उत्तर कोरिया भ्रमणमा रोक लगाइएको
छ ।

















