मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदेशसभा सदस्यहरु…

227

जनकपुरधाम / प्रदेश २ को प्रदेशसभा बैठकमा नेकपाकी प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक मन्त्री नवल किशोर साहको राजीनामाको माग गरेकी छिन् ।

बैठकको विशेष समयमा बोल्दै साहले मुख्य मन्त्री जस्तो व्यक्तिले सञ्चारकर्मीसँग बोल्दा कसरी बोल्नु पर्ने ख्याल नै नगरी अपशब्द भाषाको प्रयोग गर्नु लज्जास्पद भएको टिप्पणी गरेकी थिइन् ।

सामाजिक मन्त्री नवल किशोर साहलाई पनि सञ्चारकर्मीसँग कसरी बोल्ने ख्याल नभएको भन्दै उनले भनिन्, ‘नवल किशोर साहजी ले पनि आफू कसरी बोल्ने ख्याल नै नगरेर अपशब्द बोलेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको कारण प्रदेश २ को प्रतिष्ठमा आँच आयो ।’

मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीले आफ्नो पदीय मर्यादाको ख्याल नगरेको र सञ्चारकर्मीसँग बोल्नै नहुने शब्द प्रयोग गरेर प्रदेश २ को इज्जत प्रतिष्ठालाई दाउमा राख्ने काम गरेका कारण तत्काल राजीनामा दिनुपर्ने नेकपाकी नेतृ साहले सदन समक्ष माग गरेकी हुन् ।

यसैगरी प्रदेशसभा भित्र व्यक्ति गत आरोप प्रत्यारोप बन्द हुनु पर्ने जिकिर गर्दै साहले प्रदेश २ का मन्त्री बजेटको दुरुपयोग गरेको आरोप समेत लगाइन् । उनले यहाँका हाम्रा मन्त्रीहरुले अहिलेदेखी नै आआफ्नो चुनावी क्षेत्र सपार्न सरकारी ढुकुटीको सम्पत्तिको दुरुपयोग गरेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here