मोरङ / बेलबारी नगरपालिका-३ बाट को.१ ख ४१८६ नम्बरको बसमा लुकाई छिपाई ल्याएको करिब ४ सय ४० लिटर घरेलु मदिरा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा काकरभिट्टाबाट बिराटनगरतर्फ आई रहेको सो बसमा उक्त मदिरा फेला पारी बरामद गरेको हो । बसका चालक झापा दमक नगरपालिका-२ बस्ने ४३ वर्षीय कमल बहादुर दर्जीलाई बस सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाईएको उक्त कार्यालय जनाएको छ ।


















