डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

101

डडेल्धुरा– डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा भागेश्वर गाउँपालिका–४ का २८ वर्षीय सुरेश विष्ट (समीर) घाइते भएका हुन् । घाइते विष्टलाई डडेल्धुरामा उपचार हुन नसकेपछि बाहिर रिफर गरिएको थियो । उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृतयु भएको हो ।

ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन।

उनी कुमारी बैंक डडेल्धुराका क्रेडिट मेनेजर तथा रेडियो अमरगढी ९७।४ मेगाहर्ज डडेल्धुराका ‘एकाउन्टेन्ट’ समेत रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here