ढुंगाले हानेर गर्भमा छोरा वा छोरी भएको पत्ता लाग्ने अनौठो चलन

222

महिलाको गर्भमा रहेको भ्रुणको लिंग पहिचान गरी सोही आधारमा बालिकाको गर्भपतन गर्ने कार्य कानूनी रुपमा अवैध मानिन्छ । भ्रुणको लिंग पहिचानका लागि सोनोग्राफी लगायतका आधुनिक विधिहरु प्रयोग गरिन्छ । तर छिमेकी राष्ट्र भारतमा एउटा यस्तो गाउँ छ जहाँ भ्रुणको लिंग पहिचानका लागि गर्भवती महिलाले पहाडमा ढुंगाले हिर्काउँछन् । झारखण्डको लोहरदगास्थित खुखरा गाउँमा यस्तो क्रूर चलन रहेको छ ।

चारसय वर्ष पहिले नागवंशी राजाहरुको शासनकालदेखि यो चलन चलेको हो । उक्त गाउँमा एउटा पहाड रहेको छ, जसले ४ सय वर्षदेखि गाउँलेहरुको भविष्यको सम्बन्धमा जानकारी दिइरहेको विश्वास गरिन्छ । मानिसहरुमा उक्त पहाडप्रति अटूट विश्वास रहेको छ । पहाडमा चन्द्रमाको आकारको एक आकृति बनेको छ, जसले भ्रुणको बच्चाको लिंगको बारेमा बताउँदछ । पहाडमा ढुंगाले हिर्काएर त्यो पत्ता लगाउन सकिन्छ । गर्भवती महिलाहरुले केही टाढाबाट पहाडको त्यो आकृतिमा ढुंगाले हान्छन् । यति फ्याँकेको ढुंगा चन्द्राकारको बीचमा गएर बज्रियो भने छोरा जन्मिन्छ र चन्द्राकार भन्दा बाहिर बज्रियो भने छोरी जन्मिन्छ भन्ने विश्वास जनमानसमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here