लागूऔषध सहित पक्राउ

158

काठमाडौं / काठमाडौं महानगरपालिका-१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका-६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १ हजार १ सय रुपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साथै मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्व बस स्टेशनस्थित पूर्वपश्चिम राजमार्गबाट पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २६ वर्षीय अनुज राईलाई नियन्त्रित लागूऔषध लुपिजेसिक १७ एम्पुल, डाईजेपाम १७ एम्पुल र प्रोमोजोन १९ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले को.३ प ६४८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईको साथमा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here