नेपाली सेनाका मेजर लागूऔषधसहित पक्राउ

296

काठमाडौ, नेपाली सेनाका मेजर अजितप्रताप सिंह शनिबार लागूऔषधसहित पक्राउ परेका छन् । उनलाई इटहरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । मेजर पक्राउ परेको नेपाली सेनाले पनि पुष्टि गरेको छ । तर उनी के कति कारणले पक्राउ परे भन्ने कुरा भने सेनाले खुलाएको छैन् । पक्राउ परेको साँचो हो तर किन पक्राउ परे भनेर बुझ्न हाम्रो टोली गएको छ, सैन्य उच्च स्रोतले भन्यो । प्रहरीले ब्राउन सुगर सहित मेजर सिंहलाई पक्राउ गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here