काठमाडौं / खोकना-बुंगमतीवासी आन्दोलित बनेका छन् । सरकारले प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी विकासका आयोजना अघि बढाएको भन्दै पीडितहरुले प्रदर्शन गरेका हुन् ।
बिहीबार काठमाडौं माइतीघरमा ब्यानर, प्लेकार्डसहित जनसरोकार समिति खोकना, खोकना-बुंगमतीवासी पीडित जनताको आह्वानमा प्रदर्शन गरिएको हो ।
सरकारसँग स्थानीयको सहमति र सहभागीतामा सर्वपक्षीय निर्णय अनुसार वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना निर्माण गरी व्यवस्थित तरिकाले गर्न माग गरिएको छ ।
ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरात्तविक सम्पदा खोकनारबुंगमतीमा दूर्तमार्ग, बाहिरी चक्रपथ, वागमती करिडोरजस्ता परियोजना सञ्चालन गरेर तिनको अस्तित्व नै मेट्न खोजिएको पीडितहरुले आरोप लगाएका छन् ।


















