काठमाडौ, नेपाली सेनाले नक्कली प्रमाणपत्र प्रकरणमा केही सहायकरथी सहित तीन दर्जन अधिकारीमाथि कारबाहीको तयारी गरेको जनाइएको छ । उपरथीमा बढुवाका लागि भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेश गर्ने केही सहायकरथी सहित विभिन्न तहका तीन दर्जन अधिकारीमाथि कारबाही गर्न लागिएको सेनाले जनाएको छ । नक्कली प्रमाणपत्र पेश गर्नेलाई सुरुमा स्वेच्छिक राजिनामाको अवसर दिइने र त्यसो नगर्ने अधिकारीलाई सेवाबाट बर्खास्त गर्दै भविष्यमा समेत सरकारी सेवामा प्रवेश गर्न नपाउने गरी जेल चलान गरिने सेनाले जनाएको छ । सैन्य नेतृत्व पूर्णचन्द्र थापाले सम्हालेपछि सेनाले आन्तरिक सुशासनलाई जोड दिँदै गलत काम गर्नेप्रति आक्रमक बन्दै आइरहेका छन् ।


















