काठमाडौँ– विप्लव नेतृत्वको नेकपा रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाई छाड्न सर्वोच्च अदालतले तेस्रोपकट आदेश दिएको छ ।
आइतबार बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।
रिट निवेदनमाथि आइतबार भएको बहसमा माननीय न्यायधिस मिरा खड्का र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लाल बहादुर ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै र थुनामा राख्ने आधार र कारण स्पष्ट नभएको र गैर कानुनी तरिकाले थुनामा राखेको भन्दै सर्बोच्चले थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतमा शुक्रबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ता कपिलचन्द्र पोख्रेल र कन्तिराम ढुंगानाले बहस गरेका थिए ।
लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
रोल्पाको गंगादेव गाउँपालिका–३ का स्थायी बासिन्दा ओलीलाई प्रहरीले पटकपटक पक्राउ गर्दै आएको छ । विश्वसहित ३ जना नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरिएको थियो ।
तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो । जेठ २४ गते सर्बोच्चको आदेशमा रिहा भएका आदर्श र असललाई सुनसरी लागिएको थियो भने विश्वलाई जेठ २४ गते नै गिरफ्तार गरेर रोल्पा लागिएको थियो ।
रोल्पामा प्रहरीले ओलीलाई संगठित अपराध र एनसेल टावर आगजनीसम्बन्धि मुद्दा लगाएको थियो । सर्बोच्च अदालतमा दोस्रोपटक परेको बन्दि प्रत्यक्षिकरणको रिटमाथि सुनुवाई गर्दै गैरकानुनि र प्रबित्त भावना राखी थुनामा राखेको भन्दै साउन १० गते दोस्रोपटक छाड्न सर्वोच्चले आदेश दिएको थियो । रिहा लगत्तै ओलीलाई जिल्ला अदालत रोल्पाको परिसरबाटै तेस्रोपटक पक्राउ गरि प्युठान पुर्याइयो । उनलाई जिल्ला प्रसासन कार्यालय प्युठानमा सार्वजनिक मुद्दा लगाइएको थियो ।
ओली संगै गिरफ्तार भएका सल्यानका चन्द्रबहादुर खड्का ‘असल’ र चुडामणि ओली ‘आदर्श’लाई यस अघि नै सुनसरी जिल्ला अदालतले साधारण तारिकमा रिहा गरिसकेको छ ।


















