अनमोल केसी को नयाँ फिल्म ‘एन्टी हिरो’, भुवन केसी भिलेन

640

काठमाडौं– अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्ने भएका छन् । आफैंले नै निर्माण गर्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अनमोल हिरो र भुवन भिलेन बन्न लागेका छन्। ।

सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा भुवन र अनमोलले एकसाथ स्क्रिन साझेदारी गरेका थिए । तर, फिल्ममा भुवनको अभिनय थिएन । अब पहिलो पटक छोरा र बुवा ‘एन्टी हिरो’ मा हिरो र भिलेनको भूमिकामा प्रस्तुत हुँदैछन् । दुईलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।

एक्सन–लभस्टोरी जनाइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरिने अभिनेता भुवनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here