पोखरा / पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा भीषण आगलागी भएको छ । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्।
आगो नियन्त्रण गर्न निकै मुश्किल बढेको छ । आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।


















