पत्थर अस्ट्रेलियाको भिक्टोरियामा पुरानो सुनखानी भएको क्षेत्रमा फेला

62

काठमाडाैं । २.६ किलो काँचो सुन भएको पत्थर अस्ट्रेलियाको भिक्टोरियामा पुरानो सुनखानी भएको क्षेत्रमा फेला परेको छ। सस्तो खालको ‘मेटल डिटेक्टर’ प्रयोग गरेर एक व्यक्तिले झन्डै दुई करोड १० लाख नेपाली रुपियाँ मूल्य पर्ने काँचो सुन भएको एउटा पत्थर फेला पारेका हुन्।

इस्वी संवत्को १८औँ शताब्दीमा त्यहाँका खानीमा सुन खोज्ने मानिसको घुइँचो लाग्ने गथ्र्याे। उनले फेला पारेको सुनको मूल्याङ्कन गर्ने र किन्ने व्यापारी ड्यारेन क्याम्पले आफूले ४३ वर्षको व्यावसायिक जीवनमा पहिलो पटक ठूलो पत्थरमा त्यति धेरै सुन देखेको बताए। जिलङस्थित आफ्नो पसलमा एउटा ठूलो झोला भिरेर एक व्यक्ति आउँदा आफूले ठूलो अपेक्षा नराखेको क्याम्पले बताए।

“उनले आफूसँग भएको पत्थर झिके र मेरो हातमा थमाउँदै सोधे, के तपाईंलाई यसमा १० हजार अस्ट्रेलियाली डलर जतिको सुन छ जस्तो लाग्छ ?” मैले उनको अनुहारमा हेर्दै भनेँ, एक लाख अस्ट्रेलियाली डलर भन्नुहोस् न।

ती व्यक्तिले त्यसपछि त्यो पत्थर आफूले फेला पारेको पत्थरको आधा भाग मात्र भएको क्याम्पलाई बताए। उनीसँग भएको पत्थरको कुल तौल ४.६ किलो थियो र त्यसमा झन्डै २.६ किलो सुन थियो। मूल्याङ्कन गरिसकेपछि क्याम्पले नै त्यो सुन किने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here