फेरि नेकपा सचिवालय बैठक स्थगित !

175

काठमाडौं /  सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक निरन्तर रुपमा स्थगित भइरहेको छ । आज बस्ने भनिएको  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि भोलिसम्मका लागि स्थगित भएको छ ।

बैठकअघि स्कुल विभागबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा सहमति जुट्न नसकेपछि आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि त्यसमा सहमति जुटाउन छलफल भएको थियो । पछिल्लो समय अध्यक्षद्वयबीचमै विवाद भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन् । यसबारे अध्यक्षद्वयले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गरेका थिए ।

तर, सचिवालयका अन्य सदस्यहरुले स्कुल विभागको विवाद टुंग्याउने जिम्मा अध्यक्षद्वयलाई दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here