पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछाने र युवराज कँडेल पक्राउ

238

काठमाडौं– प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ। बिहिबार साँझ प्रहरीले लामिछाने र कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो।

उनीहरुलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

केही दिनअघि चितवनमा आत्महत्या गरेका पुडासैनीले लामिछाने र कँडेलको कारण आफु मर्नु परेको भन्दै बोलेको भिडियो हिजो सार्वजनिक भएको थियो । यसअघि उक्त घटनामा मुछिएकी नर्स अस्मिता कार्कीलाई पनि प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here