टी-२० सिरिज इङल्याण्डले जित्यो

66

काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ६७ रनले पराजित गर्दै ७ खेलको सिरिज ४-३ ले जितेको हो ।

इङल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै केवल १४२ रन मात्र बनाएको थियो ।

पाकिस्तानका लागि शन मसूदले ५६, इफ्तिखर अहमदले १९ र खुश्दिल शाहले २७ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले डेविड मलानको ७८ र ह्यारी ब्रूकको ४६ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।

यो जितपछि इङल्याण्डले ७ खेलको सिरिज ४-३ ले जितेको हो ।

यस खेलको प्लेयर अफ द म्याच डेविड मलान बने भने यस सिरिजको प्लेयर अफ द सिरिज इङल्याण्डकै ह्यारी ब्रूक बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here