चीनमा पहिरोमा परि १७ मजदूर बेपत्ता

189

एजेन्सी / दक्षिणपश्चिमी चीनको एक रेल वे स्टेसन पुनः निर्माण भइरहेको बेलामा आएको पहिरोमा परि कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएका छन्।

पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ। सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो सो पहिरो आएको प्रत्यक्षदर्शीले जनाएका छन्। रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here