नेकपा सचेतक ढकालको निवासमा बम विस्फोट

102

बुटवल– नेकपा प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।

रुपन्देहीको सैनामैना–७ स्थित ढकालको निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे ।

ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

विस्फोटको समयमा ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

बम विस्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here