अचानक श्री एयरलाइन्सको जहाजबाट चक्का खुस्केर झाडीमा गएपछि . . .

40

धनगढी । धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।

सोमबार साँझ काठमाडौंबाट धनगढी आएको कलसाइन एएनएच २२७ नम्बरको जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले जनाउनुभयो। “प्राविधिक रूपमा जहाज उडान गर्न अयोग्य देखियो। त्यसपछि ग्राउण्डेड गरिएको छ”, उहाँले भन्नुभयो।

सो जहाज अवतरण भई पार्किङ गर्ने क्रममा एउटा चक्का खुस्केर झाडीमा गएको बताइएको छ। जहाजको चक्का खुस्किएर झाडीमा पुगेपछि विमानस्थलमा खटेका कर्मचारी र सुरक्षाकर्मीले चक्का खोजेका थिए। विमानस्थल प्रमुख सिंहले जहाजमा प्राविधिक समस्या आइ अहिलेलाई उडान भर्न अयोग्य भएको भनेर बुझ्न आग्रह गर्नुभयो।

उहाँले जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको बताउनुभयो। मर्मतपछि जहाजले उडान भर्ने उहाँको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here