नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि

47

नेपालगञ्ज / नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन्।

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका तीन सय ७ जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ। नौ जनामा सात जना पुरुष र दुई जना महिला छन्।

भारतको हरिद्वारबाट आएका कालिकोटका चार जना, दिल्लीबाट आएका दाङका तीन जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका दुई जनामा कोरोना पुष्टि भएको हो।

आइतबार दुई सय जनाको जाँच गर्दा एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसअघि पुस ७ गते एक जनामा कोरोना पुष्टि भएको थियो । ल्याब टेक्निसियन ज्ञवालीले सोमबार साउनयता नै एकैदिन यतिका धेरै मानिसमा कोरोना देखिएको बताए।

ओमिक्रोन हो कि होइन भन्ने बुझ्नका लागि आइतबार कोरोना देखिएका एकजना र सोमबार कोरोना पुष्टि भएका नौ जना गरी दश जनाको स्याम्पल काठमाडौं पठाउने तयारी भएको ल्याब टेक्निसियन ज्ञवालीले जानकारी दिए । केही दिनयता भारतमा ओमिक्रोन बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here