गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक : केपी ओली

25

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको जनाए ।

सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गरेको उनले जनाए। ओलीले कांग्रेसबाट परिपक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरे ।


त्यसअघि संसद्‌मा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here