कृष्णनगरमा क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

58

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पशुपंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना, दण्ड जरिवाना र सजायको व्यवस्था, पशु ढुवानी मापदंड २०६४, क्वारेन्टाइनको महत्व लगायतका विषयमा सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भैरहवा बाट आएका डा .मनोज अधिकारीले गरेका थिए।

कार्यक्रममा सहभागी हरूले स्थानीय स्तर बाट समेत सुझाव संकल्न गरेर नियमहरु बनाउनु पर्ने, अन्य देशबाट पशु तथा पशु जन्य पदार्थ ल्याउदा भन्सारको राजस्व कम हुनुपर्ने, पशु तथा पशु जन्य पदार्थको तस्करी रोक्न जनचेतना फैलाउने जस्ता महत्वपूर्ण कुराहरु उठान गरिएको थियो।

कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रमुख डा.दयाराम चौधरीले सहजीकरण गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रीय अनुसंधान का प्रतिनिधि, व्यापारी, भन्सार कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो। अजय मिश्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here