निःशुल्क आँखा शिविर सम्पन्न

72

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न  गरेकाे छ ।

अनामनगरमा अरनिको समाजको सहयोगमा शनिवार एकदिने नि:शुल्क आँखा शिविरमा करिव ८० जनाभन्दा बढिले सेवा लिएका थिए ।
उक्त शिविरमा ३० जना लेखक तथा पत्रकार र ५० भन्दा बढि सार्वसाधारणले सेवा लिएको फोनिज काठमाडौंका अध्यक्ष शैलेश डंगोलले जानकारी गराए ।

आँखा परिक्षणका क्रममा चश्मा, आईड्रोप लगायत सामग्री समेत निःशुल्क वितरण गरिएकाे कार्यक्रममा पत्रकारहरु कम्युटर तथा अन्य प्रविधिसंग संलग्न हुने हुँदा आँखाको सुरक्षामा चुनौति बढ्दै गएको बेला फोनिज काठमाडौंले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत आँखा शिविर सञ्चालन गरेकाे हाे ।

विगत केही बर्षदेखि फाेनिज काठमाडाैंले व्यक्तित्व विकासका कार्यक्रमहरू समेत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here