काठमाडौं । सरकारले चिनियाँ लगानी बन्ने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र काट्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी चाइना पावरलाई यसबारे पत्राचार गर्ने निर्णय गरेको हो । परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावक चाइना पावरसँग १९ जनवरी, २०२० मै समझदारी भएको थियो । तर, हालसम्म पनि समझदारी पालना नभएको निष्कर्ष निकाल्दै बोर्डले कम्पनीलाई पत्राचार नगर्ने निर्णय गरेको बोर्डका सहसचिव एवम् प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।



















