पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोरोनाविरुद्धको खोप लगाए

95

काठमाडौं  । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४५० जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, एक हजार तीन जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमित २१५ जना  छन् ।  त्यस्तै, पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here