हेटौंडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भएर सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्कीदा दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा सर्लाही रामनगर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जनाए।
घाइते भएका मध्ये १० जना सामान्य रहेको र ३ जनालाई भरतपुर उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ। यस्तै २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाइ छ।


















