कश्मीरका विषयमा संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक

119

काठमाडौ, भारत प्रशासित कश्मीरबाट विशेष दर्जा खारेज गर्ने भारतीय कदमलाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले शुक्रबार (आज) आपतकालिन बैठक बोलाएको छ । परिषदले आज बन्द कोठामा बैठक गर्ने जनाएको छ । सुरक्षा परिषदको वर्तमान अध्यक्षले शुक्रबार बिहान यस मुद्दामा छलफल गर्ने तालिका सार्वजनिक गरेका छन् ।
यसैबीच विवादित क्षेत्र कश्मीरलाई छुट्याउने नियन्त्रण रेखामा भारत पाकिस्तानबीच दोहोरो गोलीबारी भएको छ । घटनामा तीन जना पाकिस्तानी सैनिक र पाँच जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here