नेपाल–भारत संयुक्त आयोग बैठकमा पुरानै एजेन्डा

93

काठमाडौं– नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ।

बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ। बैठक दुई सातापछि काठमाडौंमा हुने भनिए पनि औपचारिक मिति तय भइनसकेको छ।

‘२०७३ कात्तिक १० मा नयाँदिल्लीमा भएको चौथो बैठकमा प्रस्तुत एजेन्डा, तिनमा भएका प्रगति र थाती विषयमा समीक्षा हुनेछ’, परराष्ट्र अधिकारीले भने। नेपालले तीन दर्जनभन्दा बढी विषयका विभिन्न ‘क्लस्टर’ बनाएर एजेन्डा प्रस्तुत गर्दैछ। बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा २५ भन्दा बढी नेपाली प्रतिनिधिले समूहगत रूपमा भारतीय पक्षसँग छलफल गर्नेछन्। भारतीय पक्षबाट पनि विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा २५ सदस्यभन्दा बढी सहभागी हुनेछन्। अन्नपूर्ण पोस्ट दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here