युरोकपमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले हरायाे

22
जर्मनीको रेन इनर्जी रंगशालमा भएको खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन क्वाड्वो डुआ, मिशेल एबिशर र ब्रेल एम्बोलोले गोल गरे। हंगेरीका लागि बर्नाबस भर्गाले गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त रहेन।खेलको १२औं मिनेटमा डुआको गोलमार्फत स्विट्जरल्यान्डले अग्रता लियो। ४५औं मिनेटमा एबिशरले टोलीको अग्रता दोब्बर बनाए। भर्गाले ६६औं मिनेटमा गोल गर्दै हंगेरीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। इन्जुरी समयमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए।

स्विट्जरल्यान्डले १९ युरोपियन च्याम्पियन्स खेलमा ४ खेलमा मात्र जित निकालेको छ। उद्घाटन खेलमा भने स्विट्जरल्यान्डले यो दोस्रो जित हो। यसअघि २०१६ मा आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डले अल्बानियालाई १-० ले पराजित गरेको थियो। आजै हुने अन्य खेलमा स्पेन र क्रोएसिया तथा इटाली र अल्बानिया भिड्दै छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here