सवारी दुर्घटनामा खुट्टा गुमाएका गंगाराम सापकोटामाथि ठूलो बज्रपात

290

काठमाडौं / करिब ८ वर्ष अघि सवारी दुर्घटनामा देब्रे खुट्टा गुमाएका गंगाराम सापकोटामाथि ठूलो बज्रपात आइपरेको छ ।  सापकोटाको कृत्रिम खुट्टा फेर्नमा समस्या भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पवननगरका एकचालीस वर्षिया सापकोटाले करिब ८ वर्ष अघि सवारी दुर्घटनामा देब्रे खुट्टा गुमाएपछि अहिले त्यही खुट्टामा घाउ आएपछि समस्यामा परेका हुन् ।

कृत्रिम खुट्टाको भरमा सापकोटा भारतको चन्दिगढमा एउटा निजी घरमा चौकीदारी काम गरेर मासिक १० हजार रुपियाँको तलबको भरमा जीवनयापन गर्न बाध्य छन्  । उनका दुई छोरी, एक नाबालक छोरा तथा श्रीमती सहित पाँच जनाको परिवारलाई तलबको भरमा जीवन धान्न मुस्किल परिरहेको उनी जनाउँछन् ।

उनका अनुसार, अहिले मलाई जीवन यापन गर्न समेत निकै गाह्रो भएको छ । शारिरीक रुपमा अपांग भएकोले गर्दा मजदुरी गर्न गाह्रो भएको छ ।

अहिले चिकित्सकले कृत्रिम खुट्टा फेर्न सुझाव दिएको छ । कृत्रिम खुट्टाको लागि डेढ लाख भारतीय रुपियाँ खर्च हुने भएकाले गर्दा अहिले उनलाई हातमुख जोड्ने कि छोराछोरीलाई स्कूलमा पढाउने ? यही चिन्ताले दिनरात सताउने गरेको सापकोटा जनाउँछन् ।

कसैले सहयोग गर्न चाहानु हुन्छ भने भारत चन्दिगढस्थित गंगाराम सापकोटाको भारतीय अन्तराष्ट्रिय बैंक अफ बरोदा खाता नं. १८१४०१०००२४७३७ मा नगद जम्मा गरिदिन तथा उहाँको भारतीय सम्पर्क नम्बर ७६९६५३८४१५ मा फोन गरेर प्रत्यक्ष रुपमा सहयोग गर्न अपीलले सहयोग लागि अपील गरेका छन् । कृपया सहयोग गर्न चाहनुहुने सबैमा अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here