वाणिज्य बैंकले मुनाफामा कीर्तिमान, ५ अर्ब ३२ करोड नाफा

106

काठमाडौं / निजी क्षेत्रका बैंकहरुको तुलनामा सरकारी बैंकहरू सेवा र सुविधाको हिसाबले पछाडि हुन्छन् भन्ने आमजनताहरुको बुझाइलाई तोड्दै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७५/७६ को चौथो त्रैमासिकसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा दर बैंकिङ क्षेत्रमै अहिलेसम्मको सबैभन्दा धेरै हो ।

यस बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ११ करोड रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here