काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विहान ११.०० बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले जनाए । प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका रहेको छ । तर विगत दुई-तीन महिनादेखि सो कार्यक्रम हुन सकेको छैन ।


















