आर. आर. क्याम्पसको सभाहलमा कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

135

काठमाडौं / साहित्यकार विज्ञता कार्कीले आर. आर. क्याम्पसको सभाहलमा आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाएकी छिन् । उनले  ‘आँचलको आँगन’ निबन्ध संग्रह प्रकाशनका साथै, जन्मदिनको अवसरमा बिमाेचन समेत गर्नु
भयाे ।

कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईद्धारा सो पुस्तकको बिमाेचनका साथै  जन्मदिनको शुभकामना दिएका थिए । लेखक कार्कीले आफ्नो १८ औं जन्मदिनको अवसर पारेर पाँचौ कृति सार्वजनिक गरेकी थिइन् । ‘आँचलको आँगन’ मा विद्रोहको भाव र सामाजिक न्यायको चर्चा गरिएको छ । मन्त्री भट्टराईले, “कला, संस्कृति र साहित्यिक क्षेत्रबाट अनेक जातजाति, भाषा, धर्म एकतामा बाँध्नुपर्छ । लेखक कार्कीजस्ता साहित्यिक व्यक्तिले साहित्यमार्फत् एकताको सन्देश दिनुपर्दछ ।” उनले सो कार्यक्रममा २० वर्षमुनिका किशोर लेखकहरुलाई ध्यानमा राखेर संस्कृति मन्त्रालयले पुरस्कार राख्ने घोषणा समेत गरे ।

कार्यक्रममा लेखक कार्कीले महिला र समाजलाई तुलना गरेर लेखिएका विभिन्न विषयका निबन्धलाई पुस्तकमा समेटेका जनाइन् । “नेपाली समाज र महिलाको विभिन्न विषयमाथि लेखिएका निबन्धहरू पुस्तकमा समावेश गरिएको छ,” उनले भनिन् ।

पुस्तकमा ‘जटिल जन्म’, ‘प्रश्नको पर्खाल’, ‘आँसुको आक्रोश’ र ‘चिन्ताको चिता’ लगायतका १८ वटा विषयका निबन्ध समेटिएको छ । कार्यक्रममा मशी सिर्जना पुरस्कार बालचन्द्र श्रेष्ठ, आमाश्री पुरस्कार सुलोचना मानन्धर र तरेली सम्मान पुरस्कार वुद्धि कार्कीलाई प्रदान गरिएको थियो । कार्यक्रममा डा. सरोज धिताल, खगेन्द्र राई विज्ञताका बाबु एवं साहित्यकार विनोद मञ्जनले पनि धारणा राखेका थिए । पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here