सिरहामा लागुऔषधसहित दुई पक्राउ

56

लहान / प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यसका साथै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३४० लिटर घरेलु मदिरा नष्ट गरेको छ । अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरी टोलीले सुखीपुर नगरपालिका–२, कर्जनहा नगरपालिका–८ कर्जन्हा र सिरहा नगरपालिका–५ बसभिट्टाबाट ३४० लिटर घरेलु मदिरा, एक हजार ७५ लिटर कच्चा पदार्थ र मदिरा बनाउने चार थान मेसिन नियन्त्रणमा लिई नष्ट पारेको हो । नियन्त्रणमा लिएको घरेलु मदिरा, भाँडाकुँडा र कच्चा पदार्थ स्थानीयवासी र वडाध्यक्षलगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here