सञ्चारमा समावेशीताको आवश्यकताबारे अन्तरक्रिया सम्पन्न

237

काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक एवं सांसद देव गुरुङ्गको प्रमुख आतिथ्यमा तथा फोनिज काठमाडौं जिल्ला शाखाको अध्यक्ष राज्यलक्ष्मी शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सञ्चारमा समावेशीताको आवश्यकताबारे छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रमुख सचेतक देव गुरुङ्गले सञ्चारमाध्यमका हरेह क्षेत्रमा समावेशिता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यममा समावेशिताको आवश्यकता सही रुपमा बुझेर आदिवासी जनजातिका विषयहरुलाई समावेशी रुपमा उठाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले समावेशिता नहुँदा आफूले लेखेका समाचारहरु ओझेलमा परेका छन् ।

कार्यक्रममा समावेशी सञ्चारको पक्षलाई जनजाति पत्रकारले खेल्नुपर्ने विशेष भूमिका बारे विशेष छलफल भएको थियो ।
सञ्चारमा समावेशिताका लागि सबै सञ्चारकर्मीले कसरी आआफ्ना सञ्चारमाध्यममा समावेशिता अपनाउनेबारे छलफल गरिएको थियो । यसै विषयमा रहेर समावेशीताको आवश्यकताबारे विभिन्न सञ्चारकर्मीले आआफ्नो भनाइहरु राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here